बाजुरामा युवा समाजसेवी अविशेक नाथको सत्कर्म, यसरी गर्दैछ्न विपन्नलाई सहयोग

बाजुरा । युवा समाजसेवी अविशेक नाथ (लोक)ले बाजुरा जिल्लाको बुढींगगा नगरपालिका १० मा रहेको शान्निकोट भगवती आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

विद्यालयमा अध्यानरत अति बिपन्न परिवारका बलबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको सामजसेवी नाथले जानकारी दिएको छन्।१२ जना बालबालिकालाई जनही ६ कापी, ५ डट्पेन सहयोग गरिएको हो। सोही विद्यालयमा अध्यायनरत १ सय जना विद्यार्थीलाई मास्क वितरण गरिएको नाथले बताए।

कोभिट १९ ले बिश्व नै आक्रान्त भएको समयमा नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको र शिक्षा क्षेत्र पनि त्यसबाट अछुतो नभएकाले सकेको सहयोग गरेको उनले बताए । बुढीगंगा नगरपालिकाले विद्यालय संचालन गर्दा कतिपय कुरामा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा नभएकोले विद्यार्थीमा कोरोना महामारीको संक्रमण नहोस भनेर विद्यार्थीलाई मास्क वितरण गरेको उनले बताए।

धेरै ठूलो नभए पनि विपन्न परिवारका विद्यार्थीलाई केही समय पढ्न कापी कलमको राहत होस भनेर सानो सहयोग गरेको नाथले बताए। यस अघि पनि उनले लकडाउनको समयमा बुढीगंगा नगरपालिका १० का २६ जना अति विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेका थिए।

यसैगरी बुढींगगा नगरपालिका १० र वडा नम्बर ६ मा रहेको प्रहरी चौकिमा समेत स्वास्थ्य सामाग्री अन्तर्गत मास्क,गल्बस र सेनिटाइजर हस्तान्तरण गरेका छ्न । उनले रिठा चौकी इन्चार्ज दिलिप सिंह धामी र वडा नम्बर ६ मा कार्ययरत प्रहरी जवान नरबहादुर धामीमार्फत उक्त सामाग्री प्रदान गरेको बताइएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्