धरानमा ७९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी-१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् ।  आइतबार बिहान ३:०० प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको अस्पतालका सह–प्रवक्त डा. आशिष श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठका अनुसार, उनी दीर्घ रोगी थिए ।  शवको उचित व्यवस्थाका लागि तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्