अमेरिकामा ६७ वर्षपछि पहिलोपटक महिलालाई मृत्युदण्ड

एजेन्सी । अमेरिकी सरकारले ६७ वर्षमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिने भएको छ । अमेरिकी सरकारले  सन् २००४ मा गरेको अपराधमा दोषी पाइएकी लिजा मोन्टगोमेरीलाई मृत्युदण्ड दिन लागेको हो ।

आगामी डिसेम्बर ८ मा लिजा मोन्टगोमेरीलाई घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइने सिएनएनले जनाएको छ । लिजाले मिजोरीकी ८ महिनाकी गर्भवतीको हत्या गर्नुका साथै उनको बच्चालाई अपहरण समेत गरेकी थिइन् ।

यसअघि सन् १९५३ डिसेम्बर १८ मा बोनी ब्राउन हेडी नामकी महिलालाई अमेरिकामा मृत्युदण्ड दिइएको थियो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्