बर्दगोरिया २ का ४४ वर्षिय एक पुरुषमा कोरोना पुष्टि

बौनिया,कैलाली ।  कैलालीको बर्दगोरिया गाउँपालिका २ मा थप एकजनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणका क्रममा बर्दगोरिया २ का ४४ वर्षीया पुरुषसहित कैलालीका २७ र कञ्चनपुरका ११ जना जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अस्पताल स्रोतले बताएअनुसार पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ४ सय ६४ जनाको परीक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर ३ का ३ जना, वडा नम्बर ५ र ६ का २÷२ जना, वडा नम्बर २ का १ जना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यता कैलालीको गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै बर्दगोरी गाउँपालिका–२ र घोडाघोडी नगरपालिका–२ का एक एकजना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ४÷४ जना, बेल्डाडी गाउँपालिका–४ का २ जना र शुक्लाफाटा नगरपालिका–९ का १ जनामा  संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

 

 

 

प्रतिक्रया दिनुहोस्