खतिवडा र रेग्मीलाई राजदूत नबनाउन माग गर्दै संसदको सुनुवाइ समितिमा उजुरी

काठमाडौं । युवराज खतिवडालाई राजदूत नबनाउन माग राख्दै तीनवटा उजुरी परेका छन् । अर्थमन्त्रीसमेत रहेका खतिवडलाई राजदूत नबनाउन माग गर्दै संघीय संसदको सुनुवाई समितिमा उजुरी परेका हुन् ।

यसका अलवा सो समितिमा बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध पनि एउटा उजुरी परेको छ ।  दुवै राजदूतविरुद्ध परेको उजुरी सो समितिको बैठकमा खोलिएको छ । यद्यपि उजुरीकर्ता सम्पर्कमा नआएका कारण सार्वजनिक गरिएको छैन ।

समितिले सूचना निकालेर उजुरीकर्तालाई यही १७ गते सम्पर्कमा आउन आग्रह गरेको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्