अष्ट्रेलियाको ब्रिसवनमा “सुदुरपश्चिमेली नेपाली समाज” तदर्थ समिति गठन,अध्यक्षमा सरोज सिंह ठकुरी

ब्रिसवन । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा पर्ने तेस्रो ठुलो शहर ब्रिसवनमा “सुदुरपश्चिमेली नेपाली  समाज” क्विन्सल्याण्डको तदर्थ समिति गठन गरिएको छ ।

हिन्दु नेपालीहरुको महानपर्व विजयादशमीको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै ब्रिसवनको कंगारो प्वाईटमा सुदुरपश्चिमेली युवाहरुको भेलाले सरोज सिंह ठकुरी अध्यक्ष र महासचिवमा सुरेश बोगटी रहने गरि २० सदस्यीय तदर्थ समिति गठन गरेको हो । उक्त समितिले सुदूरपश्चिमेलि नेपाली समाज अन्तराष्ट्रिय समिति संग सहकार्य गदै सुदूरपश्चिमेलीहरुको प्रतिनिधित्व गर्ने जनाइएको छ ।

समितिले क्विन्सल्याण्ड राज्यभर छरिएका रहेका सुदुरपश्चिमेलीहरुको प्रतिनिधित्व गर्ने समितिका महासचिव सुरेश बोगटीले बताए ।

सोमबार गठनभएको यस समितिले गैरराजनैतिक रुपमा मुख्यतः नेपालबाट यस राज्यमा आउन लागेका नयाँ नेपाली विद्यार्थीहरुलाई सुरुवाती दिनमा पर्ने अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने, विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने, भैपरिआउने समस्याहरुमा सहयोग गर्ने, सुदुरपश्चिमको विकासमा आवश्यक सहयोग गर्ने र साथै यस समितिले सुदूरपश्चिममा रहेका गरिव,निमुखा,असायहरुको  सेवा गर्ने र  विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरि सुदुरपश्चिमेली भाषा, कलासंस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने उदेश्य लिएको महासचिव बोगटीले जानकारी दिए ।

समितिको अध्यक्षमा सरोज सिंह ठकुरीसंगै वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दत्त भट्ट, उपाध्यक्षमा नवीन शाही, महासचीवमा सुरेश बोगटी, सचीवमा हेमन्त न्यौपाने, सहसचिवमा वरुण सिंह ठकुरी, कोषाध्यक्षमा वलेन्द्र सदस्यहरुमा नवीन भट्ट, तेज ओझा, मुकुन्द पन्त, प्रकाश मिश्र, सरोज भट्ट, सागर गैरे, केसी सुदेश चौधरी, आशिक खड्का, भरत थापा, विकास साही, सन्तोष रावल रहेका छन्  । साथै समितिको सल्लाहकारमा स्वतन्त्र प्रताप शाह, गोविन्द भट्टराई, र चित्रराज भट्ट ररहेका छन्  ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्