विश्व हिन्दु महासंघले भन्यो ;आपसी वैमनष्यता र नियोजित आरोप प्रत्यारोपमा लाग्नु किमार्थ राम्रो होइन

काठमाडौ । विश्व हिन्दु महासंघले धर्म, संस्कृति, सभ्यता र परम्परागत मूल्यमान्यताको संरक्षण र सम्बर्धनमा सम्पुर्ण हिन्दुहरुबीच आपसी एकता र सहयोगको अनिवार्यता भएको जनाएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल सम्पूर्ण हिन्दु संघसंस्थाहरू एकजुट भइ आफ्नो धर्म, संस्कृति, सभ्यता र परम्परागत मूल्यमान्यताको संरक्षण र सम्बर्धनमा इमान्दार तथा उर्जाशील भई लागि पर्नुपर्ने अवस्थामा आपसी वैमनष्यता र नियोजित आरोप–प्रत्यारोप लाग्नु किमार्थ राम्रो नभएको जनाईएको छ ।

महासंघकि महासचिव अस्मिता भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ” सदियौदेखिको आस्था र विश्वासअनुसार पूजापाठ, भक्तिभावमा रम्दै आफ्नो सम्प्रदायको पद्धति र धर्माचरणमा रही अहिंसात्मक जीवन अवलम्बलन गर्दै आएका श्रीकृष्ण प्रणामी सम्प्रदायको धार्मिक आस्थामा चोट पुर्याई सामाजिक सद्भाव बिथोल्नेजस्ता अवान्छित गतिविधिहरू सामाजिक सञ्जालमा भइरहेको प्रति ॐकार परिवारको छाता संगठन विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।”

विज्ञप्ति हेर्नुहोस ।
सम्पूर्ण हिन्दु धर्मावलम्बी ओमकार परिवारको महान् चाड बडा दशैं, शुभदिपावली, छठ पर्व–२०७७ तथा नेपाल सम्वत्–११४१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरूमा सुख,शान्ति, सम्वृद्धि, सुस्वास्थ, दिर्घायूका तथा उत्तरोत्तर प्रगतिका निम्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । साथै हाम्रो सामाजिक सद्भाव, सांस्कृतिक एकता र धार्मिक सहिष्णुतालाई अक्षुण राख्दै अगाडि बढ्न माता दुर्गा भवानीको आशिर्वाद हामी सम्पूर्णलाई प्राप्त होस् भन्ने कामना गर्दछौं ।

हाल सम्पूर्ण हिन्दु संघसंस्थाहरू एकजुट भइ आफ्नो धर्म, संस्कृति, सभ्यता र परम्परागत मूल्यमान्यताको संरक्षण र सम्बर्धनमा इमान्दार तथा उर्जाशील भई लागि पर्नुपर्ने अवस्थामा आपसी वैमनष्यता र नियोजित आरोप–प्रत्यारोप लाग्नु किमार्थ राम्रो होइन । सदियौ देखिको आस्था र विश्वासअनुसार पूजापाठ, भक्तिभावमा रम्दै आफ्नो सम्प्रदायको पद्धति र धर्माचरणमा रही अहिंसात्मक जीवन अवलम्बलन गर्दै आएका श्रीकृष्ण प्रणामी सम्प्रदायको धार्मिक आस्थामा चोट पुर्याई सामाजिक सद्भाव बिथोल्नेजस्ता अवान्छित गतिविधिहरू सामाजिक सञ्जालमा भइरहेको प्रति ॐकार परिवारको छाता संगठन विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

हिन्दु धर्म संस्कृतिको संरक्षण सम्बर्धनमा कटिबद्ध, अहिंसा, शान्ति, सदाचार विचारलाई अबलम्बन गरी र मुलुकभरि आफ्नो मजबुत सांगठनिक सञ्जाल मार्फत् प्रभावकारी सामाजिक कार्यहरूमा अग्रसरभई सक्रिय रहेको श्रीकृष्ण प्रणामी सेवा समिति विश्व हिन्दु महासंघको संस्थापक सदस्य संस्था हो । यस संस्थाका विरुद्धमा परिचय लुकाएर खोलिका विभिन्न फेसबुक तथा सामाजिक सञ्जालबाट गरिएका अनैतिक तथा भ्रामक प्रचारप्रति विश्व हिन्दु महासंघ केन्द्रीय कार्यालय बाँसबारी खेद प्रकट गर्दछ । यस्ता भ्रामक हल्लाको पछि नलाग्नका निम्ति सम्पूर्ण हिन्दू समाजलाई सचेत समेत गराउँदछौं र धार्मिक तथा सामाजिक सद्भाव बिथोली समाजमा हिंसा पैदा गर्न खोज्ने व्यक्ति र संस्थाको पहिचान गरी कानूनको दायरामा ल्याउनका लागि नेपाल सरकारलाई आग्रह गर्दछौँ ।

श्री निजानन्द सम्प्रदाय,श्रीकृष्ण प्रणामी धर्मको केन्द्रीय सञ्चालक, श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल वि.सं.२०२३ जि.प्र.का दर्ता नं.९÷०२३ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सक्रिय रही आएकोप्रति हाम्रो उच्च मूल्यांकन एवं सम्मान रहेको छ । श्रीकृष्ण प्रणामी सेवा समिति जस्तो गरिमामय धार्मिक एवं आध्यात्मिक संस्थाका विरुद्धमा भएका यस्ता घृणित कार्यबाट पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै हिन्दुत्वको संवद्र्धन, संरक्षण र सामाजिक सद्भावका निम्ति विश्व हिन्दु महासंघ निरन्तर श्रीकृष्ण प्रणामी सेवा समितिको (श्री निजानन्द सम्प्रदाय श्रीकृष्ण प्रणामी धर्म)को साथमा रहने प्रतिबद्दता व्यक्त गर्दछौँ । साथै वसुदैव कुटुंबकंमको उच्च भावना राख्दै सम्पूर्ण हिन्दु ओमकार परिवार एकजुट भै निरन्तर सकृय सहकार्यका निम्ति अगाडि बढ्न हार्दिक आव्हान गर्दछौँ ।

महासचिव
अस्मिता भण्डारी

 

 

 

प्रतिक्रया दिनुहोस्