थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर मृत्यु हुनेको सङ्ख्या ७९१ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ । उनीहरुमध्ये ७९१ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप २ हजार ९९६ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ४ हजार ६५ जना रहेका छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्