प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा देशको पुरानै नक्सा,अटाएन लिम्पियाधुरासहितको नयाँ नक्सा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दसैँको शुभकामना दिने क्रममा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा प्रयोग गरेको पाइएको छ । प्रधानमन्त्री शुभकामना सन्देश रहेको तस्बिरमा नेपालको निशान छाप अंकित गरिएको छ भने उक्त छापमा रहेको नेपालको नक्सामा हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग समेटिएको छैन ।

यसैबीच, सार्वजनिक गरिएको उक्त तस्बिरसँगै प्रधानमन्त्री ओलीको निकै आलोचना हुन थालेको छ । प्रधानमन्त्रीको शुभकामनामा लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

कांग्रेसले ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन ?’ भनेर प्रधानमन्त्रीलाई प्रश्न समेत गरेको छ ।

 

 

 

One thought on “प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा देशको पुरानै नक्सा,अटाएन लिम्पियाधुरासहितको नयाँ नक्सा ?

  1. prati pachhya \ pachhya bhanda pani sampurna janata ko kura ra chaahaanaa ho,,,,,Naksaa ko chucho saga saatera mrigaulaa fere jasto chha ,,,,

प्रतिक्रया दिनुहोस्