थप ४,४९९ जनामा कोरोना संक्रमण पुष्टि,मृत्यु हुनेको सङ्ख्या ८२९ पुग्यो, सक्रिय संक्रमित ४७ हजार नजिक

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४,४९९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको कारोना सम्बन्धि अद्यावधिक विवरण अनुसार थप ४,४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप २,६६८ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या एक लाख ५ हजार ४८८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ३ हजार ५९० जना रहेका छन् ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्