बडादशैँको टीकाको शुभ साइत बिहान १०ः१९ ,देवी विसर्जन १० : ११ बजे

काठमाडौं । यसवर्ष बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०:१९ बजे उत्तम रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार देवी विसर्जनको साइत बिहान १० : ११ बजे छ ।गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

बडादसैंअन्तर्गत आज (शनिबार) महाअष्टमी। आजका दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्। बेलुकी कालरात्रि मनाइन्छ।

भोलि कात्तिक ९ गते आइतबार महानवमी पर्व हो। यस दिन शक्तिपीठमा पूजा आराधना गरिन्छ। वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ।

कात्तिक १० गते भने दसैंको मुख्य दिन हो- विजयादशमी अर्थात् मान्यजनबाट टीका/जमरा लगाई आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।

तर कारणवश भनेकै साइतमा टीका लगाउन नसक्नेले भने त्याे दिनभर नै टीका लगाउनु शुभ मानिने जनाइएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्