कोहलपुरमा दारी ग्याङको सक्रियतामा राखिए ट्राफिक सचेतना मुलम बोर्डहरु

कोहलपुर । सवारी दुर्घटना न्यूनीकरणका लागि कोहलपुरमा दारी ग्याङले उदाहरणीय काम गरेको छ । गालामा दारी काधमा जिम्मेवारी सामाजिक कार्यमा सबैको जिम्मेवारी भन्ने नारासहित सवारी दुर्घटना न्यूनीकरणका लागि यहाँका विभिन्न स्थानमा ट्राफिक सचेतता मुलम बोर्डहरु राखिएको हो ।

ट्राफिक प्रहरीसंगको सहकार्य तथा विभिन्न व्यापारीको आर्थिक सहयोगमा कोहलपुर चौराहा,एनटीभी रोड , साझा ,पीपल चौतारा ,बिधुत रोड लगाएतका स्थानमा ट्राफिक नियम उल्लेखित बोर्डहरु राखिएको छ ।

बोर्डमा सवारी चालकले सवारी चलाउदा मोबाइल फोनको प्रयोग नगरौ, बसको छतमा बसेर यात्रा नगरौ, ट्राफिक नियम उल्लंघन गरेकोमा गर्व होइन,लाज मानौ लगाएतका चेतनामूलक सन्देश राखिएको छ ।

(तस्वीर; विकल भट्टराईको फेसबुकबाट )

 

 

 

प्रतिक्रया दिनुहोस्