कोरोना भाइरसको महामारी रोक्न अब लकडाउन गर्न पर्दैन : डब्लुएचओ

प्रतिबन्धहरूभन्दा अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई मजबुत बनाउनुपर्ने

काठमाडौ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न अब लकडाउन गर्नुनपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको नियन्त्रणका जनाएको छ ।

पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू लागू गरिएपछि डब्लुएचओको यस्तो भनाइ आएको हो।

कोभिड- १९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले प्रतिबन्धहरूभन्दा सम्बन्धित देशहरूले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई मजबुत बनाउनेतर्फ सोच्नुपर्ने बताएका छन् ।

गत साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ संक्रमितहरू यूरोपेली देशहरूका नागरिक भएको भन्दै वर्तमान समयमा यूरोप कोरोनाको केन्द्रविन्दु बन्दै गएको पनि डब्लुएचओले बताएको छ।

 

 

 

प्रतिक्रया दिनुहोस्