मन दुख्छ मेरो

दिपक कुमार सिङ

मन दुख्छ मेरो गरिब मगन्ते अबोधलाई देखेर
ढोका-ढोका पुगि खाएका धनिका गाली र तिरस्कार देखेर
गरिब, अनपढ र अर्धनग्न दिदि-बहिनीलाई देखेर
समाजको झूठा, नंगा ढकोसला देखेर ।।

मन दुख्छ मेरो दिदिबहिनी बलात्कृत भएको सुनेर
दलित, पिछडा, मजदुर र गरिबको हत्या सुनेर
महिलालाई सम्मान गर्न नसक्ने हिंसक पुरुषलाई देखेर
गर्भमा रहेको निर्दोषलाई बिष दिएको सुनेर ।।

मन दुख्छ मेरो दुधे बच्चालाई छट्पटीएको देखेर
साहु-महाजनको क्रुर अत्याचार देखेर
वृद्धाको लाचारी र युवाको कु-कृत्य देखेर
आफनै राष्ट्र र राष्ट्रियताको विरुद्ध बिदेशीको इसारामा गरिएको रुदन नृत्य देखेर ।।

मन दुख्छ मेरो बिदेशमा श्रम बेचेको भेटेर
गरिबको चुल्हो साँझ र बिहान नबलेको देखेर
कथित समाजसेवी र गरिबको नाममा बनेका अवसरवादी मसिहा देखेर
पुजिपत्तिले गरेका र गरिब-मजदुरले सहेका अन्याय देखेर ।।

मन दुख्छ मेरो राजनीतिको गन्दा खेल देखेर
खोखला वादा र दावाको झरना तथा रंगिबिरंगी जीवन देखेर
रुपैयाँको अभावमा मरेका मान्छेको लास देखेर
राज्यको गन्दा र घिनौंना पुर्ण नंगा नाच देखेर ।।

(लेेेखक सिंह जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य हुन ।)

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्