कैलालीमा कुखुराको खोरबाट पाँच जुवाडे पक्राउ

कैलाली । कैलालीबाट पाँच जुवाडे पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका ६ स्थित एक कुखुरा खोरबाट प्रहरीले उनीहरु पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

उनीहरुको साथबाट दुई गड्डी तास र दुई लाख २३ हजार ५०० नगद बरामद गरिएको बताइएको छ । प्रहरीले पाँच जनालाई पक्राउ गरेको बताएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्