सोयाबिन उद्योगमा आगलागी, करिब चार करोडबराबरको क्षति

कैलाली । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आगलागी हुँदा करिब  चार करोडबराबरको क्षति भएको छ ।

बलायर सोयाबिन उद्योगमा विद्युत् चुहावट भई आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको छ ।

त्यसैगरी, सञ्चालक मनीष बलायरले बुधबार बिहान उद्योगमा आगलागी भएको जानकारी दिए । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।  रासस

 

 

 

 

प्रतिक्रया दिनुहोस्