कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, हालसम्म मृत्यु हुनेको सङ्ख्या ८८७ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट देशभर थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएको हो ।

सोमबार देशभर १४ कोरोना संक्रमितको मृत्यु भएको थियो । आइतबार कोरोा भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थिए भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो ।

गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्