पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गए राति १२ बजे पोखरा स्वास्थ्री विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उनको ज्यान गएको हो ।

अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मृतक पोखरा १३ कि ३६ वर्षीय महिला हुन् । कार्तिक ५ गते कोरोना पुष्टि भएकी ती महिलामा कोभिडसंगै अन्य दीर्घ रोग समेत रहेको निर्देशक आचार्यले जनाए ।

अस्पतालमा उपचाररत कोभिड संक्रमणवाट ज्यान गुमाउने उनी २० औं संक्रमित हुन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्