टर्कीमा ७ रेक्टर स्केलको शक्तिशाली भुकम्पको झट्का

काठमाडौ । टर्कीको एजियन तटमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार केेेेहीबेर अधि ७  म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।

टर्कीका अधिकारीहरुका अनुसार हालसम्म हताहत भएको विवरण आइपुगेको छैन यद्यपि इज्मिर सहरमा ६ वटा भवन भत्किएका छन् ।  सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुमा मानिसहरु ढलेका भवनभित्र मानिसहरुलाई खोजिरहेको देख्न सकिन्छ ।

टर्की र ग्रीस फल्ट लाइनमा पर्दछन् र त्यहाँ समय–समयमा भूकम्प गइरहन्छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्