अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ लाख ३५ हजार नाघ्यो

एजेन्सी । अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९३ लाख १६ हजार १३३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख १८ हजार ९१० जना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ९८५ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार १५६ पुगेको छ ।

उपचार गराइरहेका ३० लाख ६२ हजार ६७ जनामध्ये १६ हजार ९८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्