कोरोनाका कारण कांग्रेस महासमिति सदस्य मदन मण्डलको मृत्यु

काठमाडौं । कोरोनाका कारण नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका बारा आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डललाई थप उपचारका लागि काठमाडौंको काठमाडौं नर्भिक अस्पताल लैजाँदै गर्दा आइतबार मृत्यु भएको हो ।

नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवका अनुसार  श्वास प्रश्वासमा समस्या आएपछि कोल्हवीकै स्वास्थ्य संस्थामा तीन दिनदेखि उनी भर्ना भएका थिए ।  ‘कोरोनाको आशंका लागेर शनिबार पिसिआर परीक्षण गराउन नारायणी अस्पताल लगिएको थियो, रिपोर्ट पोजेटिभ नै आयो,’उनले भने, ‘त्यसपछि उपचारका लागि नर्भिक लैजाँदा बाटोमा नै निधन भयो ।

’ वीरगञ्जको नारायणी अस्पतालमा उनमा कोरोना पुष्टि भएको थियो ।  उनी उच्च रक्तचापका कारण पीडित पनि थए । नारायणी अस्पतालमा पुग्दा उनमा कोभिड संक्रमणका कारण खोकी लाग्ने र सास लिन गाह्रो भइरको एक डाक्टरले जानकारी दिए ।

महासमिति सदस्य मण्डलको निधनप्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्