हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौं ।अवैध कारोबार हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल छन् । रकमबारे थप अनुसन्धान जारी रहेको डीआईजी थापाले बताए ।

मित्तलद्वय दाजुभाइ हुन् । उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ ।

पौडेलचाहिँ मित्तलका सहयोगी हुन् । ब्युरोका डीआईजी सहकुल थापाले मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको जानकारी दिए ।

बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको सीआईबीले आशंका गरेको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्