कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा उदयपुर, सप्तरी र पर्साका एक एक पुरुषको रहेका छन् ।

उदयपुरमा चौदण्डीगढी नगरपालिका बेलटारका ४० बर्षीय एक पुरुषका आज विहान बिराटनगर स्थित कोसी अंचल अस्पतालमा मृत्यु हो ।

केही दिन अघि देखि ज्वरो खोकि बाट बिरामी भएकि उनलाइ कार्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै पर्साको धोविनी गाउपालिकाका ५५ वर्षका पुरुषको गएराति नारायणी अस्पतालमा मृत्यु भएको हो ।श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका सप्तरीको महादेवाका ३० वर्षीय युवकको गएराति मृत्यु भएको हो । उनको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको हो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्