राष्ट्र बचाउ अभियानमा सक्रिय बन्दै मोर्चा,जनपरिचालन समिति बिस्तार तीब्र पार्दै

वीरगन्ज । राजसंस्थासहित धार्मिक स्वतन्त्रता सहितको धर्मसापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापनामाका जनतान्त्रिक तराई मुक्ति मोर्चाले देशभर आफ्नो संगठन विस्तारको अभियान तिब्र पारेको छ । यसैक्रममा मोर्चाले सर्लाहीको सुदमा गाउँपालिकामा आफ्नो संगठन विस्तार गरिएको जनाएको छ ।

नेपालमा राजसंस्थासहितको वैदिक सनातनी हिन्दु राष्ट्र पुनर्स्थापनाको लागि अगाडि बढेको मोर्चाले मंगलवार सुदमा गाउँपालिकामा जनतान्त्रिक तराई मुक्ति मोर्चाको जनपरिचालन समिति गठन गरिएको जनाएको हो ।

मोर्चाको केन्द्रीय सदस्य दानी सिंहको विशेष उपस्थितिमा जनपरिचालन समिति विस्तार गरिनुकोसाथै मोर्चाको जनपरिचालन समिति गठन गरिएको जनाइएको छ ।जसमा प्रसान्त सिंह, बालकृष्ण सिंह, राजकिशोर दास, मनोज कुमार सिंह, मुकेश दास, हिमान्शु सिंह, धिरज सिंह, अजय कुशवाहा, अनिल सोनार, ललित कुशवाहा, शम्भु राय/यादव, अनिल साह, बिजय राम, बिजय सिंह, साहेव सिंह, उमेश मण्डल, चन्देश्वर राय/यादव, उदय सिंह, अंगज दास, विक्रम साह रहेका छ्न ।

यसैगरी रामानन्द बैठा, हरिष महतो, मुकेश दास, बिलटु मण्डल लगायत ५०० जना भन्दा बडी विभिन्न ब्याक्तित्वहरु सक्रिय राजनीति एवं राष्ट्रबचाउअभियान अभियानमा सक्रिय भई राजसंस्था सहित धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापनामा” समर्पित हुने जनाइएको छ ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्