चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी ती महिलालाई १७ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको पौडेलले बताए ।

महिलाको स्वास्थ्य अवस्थामा थप समस्या  हुँदै गएपछि १७ गते नै कोभिड आईसीयू कक्षमा  राखी उपचार हुँदै आएको थियो । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्