बर्दगोरियाका ९ जनासहित कैलालीमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

बौनिया,कैलाली । कैलालीका ४५ सहित सुदूरपश्चिममा थप ६० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ३ सय ३८ जनाको परीक्षण गरिएकोमा ६० जनामा संक्रमण पुष्टि भएको हो । जसमा धनगढी उपमहानगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर २ का ३ जना, यस्तै वडा नम्बर ३ र ४ का २/२ जना, यसैगरी वडा नम्बर ७, ९ र १३ का एकरएक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले
जानकारी दिए ।

यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिकाका ९ जना, भजनी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३/३ जना र गोदावरी नगरपालिकाका २ जनामा समेत कोरोना पुष्टि भएको छ ।

उता कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, भीमदत्त नगरपालिकाका ६ जना र ठेगाना नखुलेका एक जनामा र बाजुराका एक जनामा समेत कारोना पुष्टि भएको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्