बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा निधन

काठमाडौ । बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । बुधबार अभिनेता खानको बेलगुरुस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

लामो समयदेखि अस्वस्थ रहेका उनको मृत्यु भएको अभिनेत्री पूजा भट्टले जानकारी दिएकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत खानको मृत्यु भएको जानकारी दिँदै दुःख समेत व्यक्त गरेकी छन् । ‘भारी मनका साथ यो खबर भनिरहेकी छु कि फराजले हामी सबैलाई छाडेर गए, उनले छाडेको रिक्त ठाउँ कसैको उपस्थितिले पनि भरिँदैन’, उनले लेखेकी छन् ।

उनले मद्दतका लागि सबैलाई धन्यवाद दिँदै दुःखद् घडीमा परीवारलाई साथ दिन समेत आग्रह गरेकी छन् । फराज खान एक १९९० को दशकका चर्चित अभिनेता हुन् । उनले ‘मेहन्दी’, ‘फरेब’, ‘दुल्हन बनू मैं तेरी’, र ‘चाँद बुझ गया’ जस्ता फिल्ममा काम काम गरेका थिए । खराब स्वास्थ्यका कारण उनी लामो समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहँदै आएका थिए । उनको आर्थिक अवस्था पनि एकदमै कमजोर रहेको थियो ।

बेलगुरु अस्पतालमा भएको सबै खर्च बलिउडकै अर्का अभिनेता सलमान खानले व्यहोरेर सहयोग गरेका थिए । उनी अभिनेता युसफ खानका छोरा हुन् ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्