भारतीय पत्रकार गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा राखियो

एजेन्सी । विवादमा तानिएर पक्राउ परेका भारतीय रिपब्लिक टेलिभिजनका सम्पादक–पत्रकार अर्नव गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाईएको छ ।​

अर्नव बाहेक अन्य दुई जनालाई सन् २०१८ मा एक व्यक्तिको आत्महत्याको लागि उक्साएको आरोपमा मुम्ईबको एक अदालतले बुधबार राति न्यायिक हिरासतमा पठाउने निर्णय गरेको हो ।​पत्रकार गोस्वामीका वकील अबाद पोंडाले धरौटीमा रिहाईको लागि निवेदन दर्ता गराएका छन् भने जसको सुनुवाइ बिहीबार हुने बताइएको छ । ​

२०१८ मा ईन्टेरियर डिजाईनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको मृत्युको विषयमा अनुसन्धान गर्न अनर्वलाई बुधबार घरबाटै पक्राउ गरिएको थियो ।

 

 

 

प्रतिक्रया दिनुहोस्