सुदूरपश्चिममा भुकम्पको झट्का

कैलाली । देशमा गएराति ३.८ म्याग्निच्युड भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडी र दार्चुलामा गएराति भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार राती १० बजेर २३ मिनेट जाँदा सो भूकम्पको धक्का महसुस गरिएको हाे ।

जानकारी अनुसार बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्