आजको मौसम ; देशभर क्रमिक रूपमा चिसो बढ्यो

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहानैदेखि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार जाडो महिना लागेसँगै आज बिहानैबाट देशका केही स्थानमा चिसो बढेको छ । त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै, राती पनि पहाडी भू–भागमा सामान्य चिसो हुनुका साथै आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्