प्रधानमन्त्री ओली र भारतका सेनाध्यक्ष नरवणेबीच भेटवार्ता,के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ ।

तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् ।  भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी छन् ।

नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि भेटवार्तामा सहभागी छन् ।  तीन दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्