थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि,मृत्यु हुनेको संख्या १ हजार ७० पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको कोरोना सम्बन्धि पछिल्लो २४ घण्टाको अद्यावधिक विवरण अनुसार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । उनीहरुमध्ये एक हजार ७० जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ६८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ४ हजार ५०० जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या एकलाख ५२ हजार ९०८ पुगेको छ। देशभर पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १ हजार २५४ जना रहेका छन्।

 

 

 

 

प्रतिक्रया दिनुहोस्