कस्तो रहला आजको मौसम ?

काठमाडौं । पछिल्लो केहिदिन यता देशका विभिन्न स्थानमा क्रमिक रूपमा चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्बजनिक गरेको आजको (शनिबार) मौसम पुर्वनुमानमा सो कुरा उल्लेख छ ।

महाशाखाका अनुसार चिसो बढेसँगै देशका केही भू–भागमा जाडोको महसुस भएको छ । दिउँसो पनि प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, राती पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्