धरानमा दुईजना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । दुईजना कोरोना संक्रमित महिलाको धरानमा मृत्यु भएको छ ।

सुनसरीस्थित धरान–९ निवासी ६७ वर्षीया र वडा नम्बर १६ निवासी ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । ६७ वर्षीया महिला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थिइन् ।

दीर्घ रोग रहेकी महिलाकात्तिक १८ गते भर्ना भएको अस्पतालको भनाइ छ । मृतक ती महिलामा यही कार्तिक १९ गते कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

साथै ८१ वर्षीया महिलामा पनि उच्च रक्तचाप रहेको अस्पताले बताएको छ। कात्तिक १९ गते कोरोना पुष्टि भएपछि उनी २० गते कोभिड अस्पतालमा भर्ना भएको बताइएको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्