कोहलपुरमा राजावादीको शक्ति प्रदर्शन ,राजा आउ देश बचाउ भन्दै हजारौं सडकमा

कोहलपुर । राजसंस्था पुनःस्थापनाको माग गदै बाकेको कोहलपुरमा बृहत मोटरसाईकल र्याली निकालिएको छ । शनिबार कोहलपुरको चौराहदेखि निकालिएको र्यालीमा सैयौको सहभागीता रहेको दावी गरिएको छ ।

स्वतन्त्र राष्ट्रवादी अभियानले आयोजना गरेको र्यालीमा सहभागीले राजा आउ देश बचाउ,हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो भन्दै गणतन्त्र विरुद्ध नाराबाजी गरेका थिए ।

कार्यक्रममा विभिन्न राजसस्था निकट प्रभुत व्यक्तिको समेत उपस्थिती रहेको थियो । राजसंस्थासहितको हिन्दु राष्ट्र पुनर्स्थापना लागि दवाब दिन हजारौं नागरिक सडकमा उतारिएको युवा अभियान्ता विजय काफ्लेले जानकारी दिए ।

पछिल्लो समय देशभर चरणबद्ध रूपमा राजावादीहरुको सक्रियता बढेको छ जसमा आम नागरिकको पनि उत्तिकै बाक्लो लर्को लाग्न थालेको छ । वर्तमान व्यवस्थाबाट आजित भएका नागरिक पुन मुलुकमा राजासहितको हिन्दु राष्ट्र अपरिहार्यता मान्दै राजा आउ देश बचाउको अभियान जुट्न थालेका छ्न ।

अभियान अन्तर्गत केही दिन अधि मात्रै बुटवलमा जनआन्दोलनको झझल्को दिनेगरी राजा आउ देश बचाउ भन्दै नागरिक सडकमा उत्रिएका थिए ।

 

 

प्रतिक्रया दिनुहोस्