घोडाबाट लडेर मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्वार गरि सुर्खेत ल्याइयो

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते भएका छन्। शुक्रबार हुम्ला पुगेका शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका– ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा घोडाबाट लडेर घाइते भएका हुन्।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई त्यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागि स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हुन्।

मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइतेभएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए। मुख्यमन्त्री शाहीलाई अहिल सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्