विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो, १२ लाख ५५ हजार बढीको मृत्यु

काठमाडौ । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ८६ हजारभन्दा धेरै संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ करोड १ लाख नाघेको वल्डोमिटरले जनाएको छ ।

जसमध्ये ३ करोड ५५ लाख निको भएका छन् भने १२ लाख ५५ हजारको ज्यान गएको छ। अहिले विश्वभर १ करोड ३३ लाख सक्रिय संक्रमित रहेकामा ९१ हजारको अवस्था जटिल छ।

सबैभन्दा धेरै अमेरिकामा १ करोड १ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ लाख ३५ हजार निको भएका छन् भने २ लाख ४३ हजारको ज्यान गएको छ ।

यस्तै ८५ लाखमा कोरोना पुष्टि भएको भारतमा निको हुनेको संख्या ७८ लाख ६० हजार छ । एक लाख २६ हजारको भने ज्यान गएको छ ।

यस्तै ब्राजिलमा ५६ लाख ५३ हजारमा कोरोना पुष्टि भएको छ । त्यहाँ ५० लाख ६४ हजार निको हुँदा १ लाख ६२ हजारको ज्यान गएको छ । रुस, फ्रान्स, स्पेन, अर्जेन्टिना, बेलायत र कोलम्बियामा संक्रमितको संख्या १० लाख नाघिसकेको छ ।

पछिल्लो समय संक्रमण तिब्र बनेको नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार पुगेको छ । जसमध्ये १ लाख ५५ हजारले कोरोना जितेका छन् भने ३५ हजार बढी सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्