राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापनाका लागि बर्दियामा वीर गोर्खालीले मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्दै

कोहलपुर । देश र श्रीपेच वचाउने उदेश्यका साथ
राजसंस्थासहित हिन्दु राष्ट्र पुनस्थापनाका लागि देशव्यापी अभियान थालेको वीर गोर्खाली(ATF) ले बर्दियामा बृहत मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्ने भएको छ ।

यही बुधबार बिहान ११.३० बजे बर्दियाको बाँसगढीमा शक्ति प्रदर्शनसहित मोटरसाइकल र्याली निकालिने आयोजक बर्दिया जिल्ला संयोजक प्रेम कुवरले हिमाली टाइम्स डट.कम.लाई जानकारी दिए । देशको सार्बभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकतासहित राजसस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको विकल्प नभएको भन्दै यो अभियान थालिएको उनले बताए ।

बर्तमान सरकार पुर्णतः असफल भएको आरोप लगाउदै राजसंस्थाको पुन;स्थापनाबाट मात्रै देशले निकाश पाउने भएकाले सम्पुर्णलाई र्यालीमा सहभागि भएर राजसंस्था पुनःस्थापनाको लागि दबाब दिन र जनताको अभिमत शक्ति प्रदर्सनबाट देखाउन आब्हानसहित देशव्यापी अभियान स्वरुप बर्दियाको बासगढीमा समेत मोटरसाइकल र्यालीको अन्तिम तयारी थालिएको सुर्खेत जिल्ला संयोजक राजकुमार शाही ठकुरीले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन वीर गोर्खालीका अभियान्ताहरुको समेत उपस्थिति रहने बताइएको छ । कार्यक्रममा सहभागी हुन सम्पुर्ण देशभक्त नागरिकहरुलाई अपील समेत गरिएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्