सुन्दर सुदुरपश्चिमको अभिभारा, कैलालीमा सडक भने ज्यान मारा !

सरकारको लाचारी देखेर रुदै महेन्द्र राजमार्ग

पश्चिम ब्यूरो कोहलपुर । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने देशको एकमात्र मुख्य महेन्द्र राजमार्ग भित्र पर्ने कैलालीको चिसापानी –सुखड सडकखण्ड पछिल्लाे समय मृत्युमार्ग जस्तै हुन थालेकाे छ । मुख्य सडकको यो दुर्दशाले एम्बुलेन्स र विरामीलाई झनै दुख र सास्ती हुने गरेको छ ।

सुन्दर सुदुरपश्चिमको अभिभारा बोकेको सुदुरपश्चिमकै मुख्य पर्यटकीय गन्तव्य र प्रमुख प्रवेशद्वारका रुपमा रहेको चिसापानीदेखि अत्तरियासम्मको सडकखण्ड लामो समयदेखि मर्मत नहुँदा ठुलाठुला खाडल बन्दै गएको छ । केही स्थानमा भने झारो टार्ने र बजेट सक्ने नियतले गरिएको मर्मतले जनतालाई धुलोधुवाँ खुवाउने र रोगी बनाउने काम मात्रै गरेको देखिन्छ ।

दिनप्रतिदिन जीर्ण बन्दै गएको देशको मुख्य सडकखण्डका कारण सवारी दुर्घटनाको जोखिम मात्रै बढेको छैन सडक नै मृत्युमार्ग बन्न थालेको स्थानीय बताउछ्न । राजमार्गको सैयौ ठाउँ–ठाउँमा परेका खाल्डाखुल्डीले दिनहुँजसो सडक दुर्घटना निम्त्याएको  बर्दगोरिया २ का स्थानीय प्रेम चौधरी बताउछ्न ।

सोही सडकखण्ड भएर केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न जिल्लाका लागि दैनिक रुपमा हजारौंको संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन्। तर वर्षौदेखि सडकको मर्मत नहुदा सडकका हजारौं स्थानमा ठुला खाल्डाखुल्डी परेका छ्न भने धेरैजस्तो स्थानमा सडक बगर बन्दै गएको उनले बताए । जसका कारण सडकमा गुड्ने साना सवारी साधन प्राय बढी दुर्घटनामा पर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सवारी साधनको बढी चाप हुने सडकमा यस्तो खालको बिजोगपुर्ण अबस्था सृजना हुनु र मर्मतमा लापरबाही हुनु दुखद कुरा हो।’रातीको समयमा सडकमा खाल्डाखुल्डी नदेखिने र सवारी चापसमेत बढीहुने हुँदा तीव्र गतिमा गुडेका सवारी साधन दुर्घटनामा पर्ने जोखिम छ ।

– लुम्बिनी प्रदेशको बाँके र बर्दियाका स्थानीय तह आफै सडक मर्मत गर्दै ,सुदुरपश्चिम सरकार कानमा तेल हालेर बस्दै ।

– कैलालीको सुखडदेखि चिसापानी सडकखण्ड सबैभन्दा बढी जिर्ण, गणतान्त्रिक सरकारको लाचारी देखेर रुदै महेन्द्र राजमार्ग ।

– जनताको करबाट जनप्रतिनिधिलाई महँगा गाडी र कार, जनतालाई धुलो र धुवा उपहार ,कसले गर्ने उपचार ?

जीर्ण अवस्थामा पुगेको सडक मर्मतका लागि सडक डिभिजन कार्यालय,यहाँको प्रदेश सरकार र स्थानीय तहले समेत कुनै चासो देखाएको पाइदैन । जनताको करबाट चिल्ला गाडीमा हुईकिने यहाँका जनप्रतिनिधि ,साङ्सद र प्रदेश सरकारका मन्त्रीले जिर्णबनेको सडक मर्मतका लागि कहिले पहल थाल्लान ? र यिनिहरुले जनताको पीडा कहिले बुझ्लान भन्ने नागरिक प्रश्न छ ।

वर्षौदेखिको जिर्ण सडकमा जनताको आखामा धुलो उडाउदै हिड्ने जनप्रतिनिधिले सडकमा परेका ज्यानमारा खाल्डाबाट हुने दुर्घटना रोक्न
र मृत्यु मार्ग बनेको राजमार्गको मर्मतका लागि छिट्टै पहल चाल्नुपर्ने बताउछ्न घोडाघोडी सुखडका स्थानीय पत्रकार खगेन्द्र अवस्थी ।

केन्द्रिय राजमार्ग निर्माणमा केन्द्र सरकारको जिम्मा भएपनी यसको मर्मतका लागि भने स्थानीय सरकार र प्रदेश सरकारले बढी पहल चाल्नुपर्ने हुन्छ तर सडक नै बगर जस्तो बनिसक्दा पनि अझै मर्मतको कुनै अत्तोपत्तो देखिदैन । भने किनमेलका लागि बजार आउँदाजादा नागरिकले नाक मुख छोपेर हिड्नुपर्ने अबस्था छ ।

यसरी सडक मर्मतमा सम्बन्धित निकायले कानमा तेल हालेर बसेका कारण राजमार्ग दिनदिनै असुरक्षित बन्दै गएको छ ।

सडकका बिचबिच तथा छेउछाउमा समेत रहेका खाल्डाखुल्डीले सवारी चलाउन समस्या मात्रै छैन यसले दुर्घटना समेत निम्त्याएको चिसापानीमा भेटिएका एम्बुलेन्स चालक दिपक डागीले बताए ।

– घोडाघोडीको प्रमुख प्रशासनिक निकाय घोडाघोडी नगरपालिका र इलाका प्रशासन कार्यालयकै मुखमा सडक सयमिटर बढी धुलाम्य

– बर्दगोरियाको मुडाबजारदेखि बौनियासम्म खाल्डाखुल्डीले सडक भरिदै

– लम्कीचुहाको बलियादेखि बलचौरसम्म सडक भकाभक उप्किदै

उता स्थानीय तहहरु भने बजेट अभावको कारण देखाउदै सडक मर्मतका लागि केन्द्र सरकारकै आस मानेर बसेका छ्न ।

 

 

 

प्रतिक्रया दिनुहोस्