नागरिक सरकार गठनका लागि अघि सर

दशै बित्दै तिहार आउँछ त्यसपछि छठ,
भ्रष्टहरुको जालोमा आम जनता छन् त्रस्त !!

छठ लगत्तै होलीको तैयारी छ,
घर-घरमा राष्ट्रिय झण्डा फहराईने छ !!

जनजन आत्तिसके सडक तात्तिने निश्चित छ,
भष्मासुर प्रवृत्ति अन्त हुने निश्चित छ !!

गाउँ-टोल गुन्जिदै छ, त्राहिमाम त्राहिमाम
अभिभावक बिहिन हामी, कसले देला माम !!

आशुरी शक्तिले कब्जा जमायो, त्राहिमाम त्राहिमाम !
रक्तबिजले मातृभूमि नै खायो, त्राहिमाम त्राहिमाम !!

घरमा थुनी जनतालाई, देश-बेच्दै हिडेछन
मातृभूमिलाई टुक्राटुक्रा पारी, केक झैं निलेछन !!

सत्ताको दम्भमा हुड-दंग मच्चाए ,
नाक-कान-आँखा छोपी, भाँट झै भट्टभट्टाए !!

ऐन-कानुन,संविधानलाई उखानटुक्का बनाए,
नीतिगत भ्रष्टाचार र राज्य-आतंकले जनता तर्साए !!

धर्म-संस्कृति-इतिहास डलर सित साटे,
आत्मा बन्धकी राखी, होली-वाईनमा रमाए !!

उपलब्धिको नाममा भए जतिको सबै बेछे,
जनताको शासन ल्याउने नाममा गन्हाउनेतन्त्र भित्र्याए !!

लोकतन्त्र लाई लूटतन्त्र र जोकतन्त्र बनाए,
संघीयताको नाममा विकेन्द्रीकृत भ्रस्टाचारलाई संस्था बनाए !!

एउटा राजा फालेर साठी हजार राजा जन्माए,
जनताको कर, विदेशीको अनुदान बाँडीचुडी खाए !!

असुर-गणहरु ईन्द्र बन्ने दाउमा भष्मासुर नै भए,
गाउँ गाउँलाई सिंहदरबार बनाउनेले, भ्रष्टालय बनाए !!

महापुरुष-विभूतिहरुको प्रतिमा तोडफोड गरि स्व-महान कहलाए,
हजारौंको कोंख-सिन्दुर उजाडेर महलमा रमाए !!

बेथिति र अराजकतालाई संस्थागत गराई श्री ८ बने,
भाइभारादार र नातागोतालाई पनि श्री 3 बनाए !!

राज्यद्वारा नै बलात्कृत हाम्रो मातृभूमी, धुरु-धुरु रुँदै छिन् !
आफ्नै सन्तानको कु-कृत्यले आफैलाई सराप्दै छिन् !!

अब त उठ हे वीर सपूत हो, मातृभूमि पुकार्दै छिन् ,
जाग जाग देर भयो, नभए मातृभूमि धिक्कार्ने छिन् ।।

राष्ट्रिय मुक्तिका लागि जाग, राष्ट्रिय एकताका लागि उठ !
राष्ट्रिय स्वाधीनता, पहिचान र स्वतन्त्रताका लागि अघि बढ !!

राष्ट्रिय नागरिक आन्दोलन २०७७ को जग हाल्न उठ,
नागरिक सरकार गठन का लागि अघि सर !!

गाउँगाउँ बाट उठ बस्ती -बस्ती बाट उठ,
नेपाल जोगाउन सबै हातेमालो गर्दै घर-घर बाट उठ !!

निकास र बिकासका लागि नागरिक सरकार गठनका लागि उठ
समृद्ध नेपाल स्वाधीन नेपाल आत्मनिर्भर नेपाल निर्माणका लागि अघि सर !!

राष्ट्रिय नागरिक आन्दोलन २०७७ को जग हाल्न उठ,
नागरिक सरकार गठनका लागि अघि सर !!

डा. मनोज मुक्ति “विवेक”/डा. मनोज कुमार झा
           राष्ट्रिय अध्यक्ष
जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियान

 

 

प्रतिक्रया दिनुहोस्