माले पार्टीका महोत्तरी जिल्ला अध्यक्ष मिश्रासहित सैयौ नेता कार्यकर्ता जनतान्त्रिकमा प्रवेश

महोत्तरी । राजसंस्थासहित धार्मिक स्वतन्त्रता सहितको धर्मसापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापनामाका जनतान्त्रिक तराई मुक्ति मोर्चाले देशभर आफ्नो संगठन विस्तारको अभियान तिब्र पारेको छ । यसैक्रममा मोर्चाले महोत्तरीमा समेत आफ्नो संगठन विस्तार गरि जिम्मेवारी बाडफाट गरेको छ ।

नेपालमा राजसंस्थासहितको वैदिक सनातनी हिन्दु राष्ट्र पुनर्स्थापनाको लागि अगाडि बढेको मोर्चाले केन्द्रिय सदस्य एवं महोत्तरी जिल्ला जनपरिचालन समिति संयोजक दिपक सिंहको विशेष उपस्थितिमा जिल्लाको महोत्तरी गाउँपालिका वाड नं ६ गोरगम्मा गाउँमा भएको भेलाले विभिन्न पार्टी परित्याग गरि मोर्चामा प्रवेश गरेकालाई स्वागत तथा विभिन्न जिम्मेवारी प्रदान गरेको हो ।

जसमा माले पार्टी (माक्र्सवादी लेलिनवादी पार्टी) का जिल्ला अध्यक्ष बिमल मिश्रा लगायत सैयौको संख्यामा विभिन्न राजनीतिक दल परित्याग गरि मोर्चामा प्रवेश गरेका थिए । उनीहरूलाई विभिन्न जिम्मेवारीमा तोकिएको मोर्चाले जनाएको छ ।

तोकिएको जिम्मेवारी यस प्रकार छन ;

१) बिमल मिश्रा :- जनतान्त्रिक युवा संघ केन्द्रिय सदस्य तथा महोत्तरी जिल्ला जनपरिचालन समिति सदस्य एवं महोत्तरी गाउँपालिका जनपरिचालन समिती संयोजक

२) राकेश मिश्रा :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

३) फुलो देवी :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

४) राजेश झा :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

५) रत्नेश्वर ठाकुर :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

६) विजय मण्डल :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

७) शमन्जु देवी साह :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

८) रामकली महतो :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

९) सोमार झा :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

१०) राम आधार साह :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

११) भोला साह :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य रहेका छ्न ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्