राजतन्त्र पुनर्वहालीका लागि काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । राजतन्त्र पुनर्वहालीका लागी भन्दै राष्ट्रवादी नागरिक समाजको अगुवाईमा काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

आज काठमाडौंको भोटााहिटीमा उनीहरुले गणतन्त्र विरोधी नारा लगाउदै राजतन्त्र पुनर्वहाली हुनुपर्ने माग गरेका थिए ।

राष्ट्रिय झन्डा बोकेका प्रदर्शनकारीहरुले राजतन्त्र पुनर्वहालीइ गर्नुपर्ने नारा लगाएका थिए । सहभागीहरुले राजतन्त्र पुनर्वहाली गर, भ्रष्टाचार अन्त्य गर, हत्या, हिंसा बलात्कारजस्ता जघन्य आपराधिक घटना नियन्त्रण गर लगायतका नारा लगाएका थिए ।

देशमा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको, बलात्कार, हत्या, हिंसा जस्ता घटनाहरु दिनदिनै बढ्दा पनि सरकार मुकदर्शक बनेको भन्दै राजतन्त्र नै फर्काउनुपर्ने भन्दै प्रदर्शन गरिएको उनीहरुको भनाई छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्