कोरोना संक्रमणबाट भारतमा थप ८ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको मृत्युु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म कोरोनाका कारण मृत्युु हुने नेपाली संख्या २ सय ९३ जना पुगेको छ।

संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ। तीमध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन्।

विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ।

 

 

 

प्रतिक्रया दिनुहोस्