कोरोना कहर : खोप आएपछि पनि मास्क लगाउन नछोड्न विज्ञको सुझाव

वासिङटन । संक्रामक रोग सम्बन्धी अमेरिकी विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरस विरुद्धको खोप आइसकेपछि पनि सामाजिक दूरी र मास्क आवस्यक रहेको सुझाव दिएका छन् ।

‘म सबै जनतालाई सिफारिस गर्छु कि, तपाईँहरुलाई खोप लगाइएकाले सार्वजनिक स्वास्थ्य मापदण्ड उल्लंघन नगरिदिनूहव्ला,’ फाउचीले भने ।

एलर्जी तथा संक्रामक रोग सम्बन्धी राष्ट्रिय संस्थानका निर्देशक समेत रहेका डा. फाउचीले खोप लगाइसकेपछि पनि शारीरिक रुपमा असहज अवस्था हुने भएकाले सचेत रहन सुझाव दिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारी ‘फेक न्युज मिडिया’ले ठूलो मुद्दा बनाइदिएको आरोप लगाइरहँदा विज्ञहरुले भने कोरोना संक्रमणलाई कमजोर आंकलन नगर्न सुझाव दिँदैआएका छन् ।

अमेरिका, बेलायत, चीन, रुस लगायत देशमा कोरोना विरद्धको खोप विकासको काम अन्तिम चरणमा पुगेकाले विज्ञ फाउचीले खोपपछिको सम्भावित अवस्थालाई लक्षित गर्दै सुझाव दिएका हुन् ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्