हङकङमा आगलागीबाट मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो, ७ जनाको सनाखत

एजेन्सी । हङकङमा आगलागीबाट मृत्यु हुने नेपालीको संख्या ११ जना पुगेको छ ।

हङकङस्थित कार्मालोन क्षेत्रकाे जोर्डन भन्ने ठाउँमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आइतबार भएको उक्त आगलागीमा मृत्यु हुनेको संख्या ११ जना पुगेको हो ।  मृत्यु हुनेमा तीनजना एकै परिवार भित्रका रहेको बताइएको छ ।

तीमध्ये ७ जनाको सनाखत भएको छ । सनाखत हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङ रहेका छन् ।

प्राप्त जानकारी अनुसार अन्य ३ जना पुरुष र ४ जना महिलाको अवस्था गम्भीर रहेको बताइएको छ । जिरे खुर्सानी नामक गरेको उक्त रेष्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो ।

 

 

 

प्रतिक्रया दिनुहोस्