गोरखामा कोरोना संक्रमित ८३ वर्षीय एक पुरुषको मृत्यु

गोरखा । गोरखामा कोरोना भाइरसबाट संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

क्यान्सरबाट पीडित पालुङटार नगरपालिका–७ च्याङलीका ८३ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित उनी दुई साताअघि कोरोनाबाट संक्रमित भएका थिए । उनको कात्तिक २७ गते अस्पताल भर्ना भइ आइसोलेसनमा उपचार हुँदै आएको थियो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्