मृत्यु भएको पाँच महिनापछि गरियो अन्त्येष्टि

एजेन्सी । मेचीनगर नगरपालिका–१० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (युएई) मा बुधबार अन्त्येष्टि गरिएको छ ।

युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उनको हृदयाघातबाट मृत्यु भएको थियो । लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ सङ्कलन गरेका थिए । नेपाली समाज युएईको पहलमा मृतकको अन्त्येष्टि गरिएको जनाइएको छ ।

यसका लागि मेचीनगरमा रहेकी उनकी छोरी ऋतु  र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति दिएको युएईमा रहेका सञ्चारकर्मी रामप्रसाद ढुङ्गानाले जानकारी दिए । वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गत वर्ष २०१९  नोभेम्बर महिनातिर खेमामा रहेको प्रिमियर प्रोजेक्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न जानुभएको थियो ।

उहाँले  २०१९ को  नोभेम्बर १३ मा ०४५०३३३५० नम्बरको श्रम स्वीकृति लिनुभएको थियो । यसैगरी उहाँले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट ७६७७०२६९८१ नम्बरको बीमा पोलिसी लिएको पाइएको छ । बीमाको म्याद  २०२२  अक्टोबर ५ सम्म रहेको सञ्चारकर्मी ढुङ्गानाले बताउनुभयो । थापा रास अल खेमाको नखिल भन्ने स्थानमा नेपालीसँग मिलेर कोठा भाडामा बस्नुभएको थियो ।

उहाँलाई अपराह्न २ बजेतिर कोठामै मृत भेटिएको बताइएको छ । नेपालीसँगसँगै बसे पनि साथीलाई उहाँले आफ्नो घर ठेगानाबारे खुलाउनुभएको थिएन । उहाँको राहदानी पनि लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो ।

 

 

 

प्रतिक्रया दिनुहोस्