बाँके जिप्रकाको हिरासतभित्रै आत्महत्या

नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका एक थुनुवाले आत्महत्या गरेका छन् ।


हिरासतमा रहेका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बन्कटुवाका बाबुलाल रैदासले आत्महत्या गरेको बाँके प्रहरीले जनाएको छ । रैदास माथि अभद्र व्यवहारमा पक्राउ गरि बालक अपहरण तथा हत्या गरेको अभियोगमा अनुसन्धान भैरहेको थियो ।

रैदासले बिहान ५ बजे शौचालयमा झुण्डिएर आत्महत्याको बाँके प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप विवरण आउन बाँकि छ ।

प्रतिक्रया दिनुहोस्