आजको मौसम ; देशभर चिसो बढ्यो, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । पछिल्लो समय देशभर ह्वात्तै चिसो बढ्दै गएको छ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो ।

महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा चिसो बढ्नुका साथै केही स्थानमा मौसम सफा र केही स्थानमा वर्षा हुनेछ । त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै, प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी, राती पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्