ट्रम्पका जेठा छोरा पनि कोरोना संक्रमित

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् ।

‘कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरुको सिफारिसअनुसारका सबै मापदन्ड तथा नियमहरुको पालना गरेका छज्’–ती प्रवक्ताले भनेका छन् । संक्रमित पुष्टि भएसँगै उनी ‘क्वारेन्टिन’मै रहेका पनि प्रवक्ताले जानकारी दिएका छन् ।

यसअघि, राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पूर्वसन्ध्यामा कोरोनाभाइरसबाट संक्रमित भएका थिए ।

त्यसैगरी, ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरुसमेत केही समयअगाडि कोरोनाभाइरसबाट संक्रमित भएका थिए ।

अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी भएका थिए।राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै आयोजना गरिएको सो रात्रिभोजमा सहभागी लगभग सबैले मास्क लगाएका थिएनन् ।

प्रतिक्रया दिनुहोस्